दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा जेलमा आत्मसमर्पण

तस्बिर : दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।

मुख्यमन्त्री केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि निर्धारित समयमा आत्मसमर्पण गरेको दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले जानकारी दिए । उनले केजरीवालको स्वास्थ्य अवस्था भने राम्रो नभएको बताएका छन् ।

हिजो जेल जानुअघि केजरीवालले सर्वोच्च अदालतले चुनाव प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका बिबिसी हिन्दीले जनाएको छ ।

अदालतले चुनाव प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा गर्न मिल्ने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो।

Deep Jyoti Pustak psl
Loading...