काठमाडौं : तनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ ।
बिारामीमध्ये ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीया पम्फी गुरुङको उपचार तनहुँको आबुखैरेनी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिए ।
यस्तै ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङको उपचार नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा भइरहेको छ ।
घर नजिकैको जंगलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जंलबाट टिपेर च्याउन ल्याएका थिए ।
