काठमाण्डाै : सरकारले आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालको वैशाख ११ गते नै उद्घाटन गरेको धरहरा आज संविधान दिवसको अवसर पारेर सार्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
यसअघि उद्घाटन गर्दा धरहराको स्तम्भ निर्माण भइसकेकाे भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो । ६ पटकसम्म म्याद थप गरिएको धरहरा आज फेरि अस्थायी रूपमै उद्घाटन हुन लागेको हो ।
