धनगढी : कैलालीको धनगढीमा सवारी दुर्घटना भएको छ । टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोक नजिकै से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिदा धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय अनिल कुवँर घाइते भएका हुन ।
घाइते कुँवरको नवजीवन अस्पतालमा उपचार भइरहेकोे छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
