दुर्गालक्ष्मीको नवनिर्वाचित स्ववियु समितिको विजयी ¥याली

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिले विजयी ¥याली निकालेको छ । बिहीबार नवनिर्वाचित समितिले अत्तरिया बजार परिक्रमा गर्दै विजयी ¥याली निकालेको हो ।

अत्तरियामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निकालिएको ¥याली अत्तरिया बजार परिक्रमा गरेर पार्टी कार्यालयमै पुगेर समापन गरिएको थियो । ¥यालीमा नवनिर्वाचित पदाधिकारी, विद्यार्थी, नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सभापतिमा निर्वाचित भुवन महराले निर्वाचित गराउने विद्यार्थीलाई धन्यावाद ज्ञापन गरे । उनले विजयी भएपछि आफूले विद्यालयका समस्या समाधानका लागि सबैसँग सरसल्लाह गरेर अगाडि बढ्ने बताए ।

सचिवमा निर्वाचित ज्योति साहुले नेविसंघको पुरै टिर्म विजयी गराएकोमा धन्यावाद ज्ञापन गरिन् । उनले दुर्गालक्ष्मीमा ७५ प्रतिशत भन्दा बढी छात्रा अध्ययनरत रहेकाले उनीहरूका समस्या समाधानका लागि आफूले काम गर्ने बताइन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा १ हजार १ सय २८ मतदाता रहेका थिए भने बुधबार भएको निर्वाचनमा कुल ८३१ मत खसेको थियो । दुर्गालक्ष्मी क्याम्पसमा भुवन महरा दोस्रो कार्यकालका लागि प्यानल सहित निर्वाचित भएका हुन ।

सम्बन्धित समाचार

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्यानल सहित नेविसंघका महरा विजयी

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ८३१ मत खस्यो

Nabadurga Sunchadi
Loading...