कञ्चनपुरबाट ८ लाख ९३ हजार ६४० बराबरको अवैंध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट अवैंध सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–३ भाँसी, भीमदत्त नगरपालिका–५ सुकासालबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान हिरो होण्डा कम्पनिको युके ०३ ए ३३४ नम्बरको मोटरसाइकलसहित अन्दाजी मूल्य ८ लाख ९३ हजार ६४० बराबरको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मुल्य बराबरको मेडिफिड, जकेट, बेल्ट, किराना सामान, एसीरफ्रिजमा प्रयोग हुने ग्यास, सुटको कपडा, मिठाई लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...