गायिका नितु पौडेल प्रकरण : गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी

काठमाडौँ : गायिका नितु पौडेलको मृत्युका विषयमा आफन्तले प्रहरीमा उजुरी दिएका छन् ।

शुक्रबार दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी परेको हों । मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कात्तिक १ गते दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (आज) बिहान ८ बजे उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् गिरी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए।

Deep Jyoti Pustak psl
Loading...