मलद्वारभित्र लुकाई राखेको प्लास्टिकको एक पोका खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी : कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ।

Dhangadhi_Tihar 2083

इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका–१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो।

उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको जिनाएको छ। विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैरो हेरोइन बरामद गरेको हो।

उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...