सुदूरपश्चिमका मुख्यमन्त्री शाह उपचारका लागि दिल्ली प्रस्थान

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या देखिएको छ।

अस्वस्थ भएका मुख्यमन्त्री शाह सेती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन्।

मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीडको हड्डी र नसा सम्बन्धी समस्या देखिएको बताइएको छ । हिडडुल गर्नै समस्या भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो।

मुख्यमन्त्री शाहको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार हुने बताइएको छ।

Deep Jyoti Pustak psl
Loading...