लागूऔषधसहित धनगढीबाट २ जना पक्राउ

धनगढी : धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगरबाट धनगढी उपमहानगरपालिका–२ रैका टोल बस्ने २३ वर्षीय विकास सेवाको साथबाट १ ग्राम १८० मिलिग्राम र धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय प्रदिप योगी साथबाट ५ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उक्त पदार्थसहित दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...