राजपुरमा बोलेरोले ठक्कर दिँदा तीन जना घाइते

धनगढी : कैलालीको धनगढी–१३ राजपुरमा भएको सडक दुर्घटनामा परेर तीन जना घाइते भएका छन्।

शुक्रवार साँझ पौने ६ बजे भएको सडक दुर्घटनामा परेर मोटरसाइकलमा सवार कैलालीको जानकी गाउँपालिका–५ घर भई गोदावरी–२ मा पसल गर्दै आएका ४४ वर्षीय रेवराज शर्मा, उनकी १३ वर्षीय छोरी नीति शर्मा र १७ वर्षीय भान्जी नेहा अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शर्मा सवार मोटरसाइकलाई बोलेरो जिपले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००७१ नम्बरको बोलेरो जिपले राजपुर चोकमा मोटरसाइकलाई ठक्कर दिएको हो।

बैतडीको पाटन नगरपालिका–८ घर भएका गोपाल महराले चलाएको जिपले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले बताएको छ। दुर्घटनामा परेर मध्यम घाइते भएक रेवराज शर्मासहित तीनै जनाको अहिले उपचार भइरहेको छ भने चालक महरा फरार रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...