सिटी सहकारीको अध्यक्षमा दोहरिए खड्का

अत्तरिया : कैलालीको अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा श्याम बहादुर खड्का दोहरिएका छन् ।

शनिवार सम्पन्न सहकारीको १४औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि खड्का दोहरिएका हुन । समितिको उपाध्यक्षमा पनि तिलक बहादुर खनाल चयन भएका छन् ।

Dhangadhi_Tihar 2083

उनी यसअघि समितिको सदस्य रहेका थिए । सचिवमा भानुभक्त भट्टराई चयन भएका छन् । उनी पनि यसअघिको समितिमा सदस्य रहेका थिए । कोषाध्यक्षमा टेक बहादुर सिंह चयन भएका छन् । यस्तै सदस्य डम्बर बहादुर कुवर, जमुना देवी साउँद र दुर्गा देवी कडायत चयन भएका छन् ।

सञ्चालक समितिको लेखा सुपरिवेक्षण समिति संयोजक तपराज ओझा चयन भएका छन् । उनी यसअघिको लेखा समितिको सदस्य रहेका थिए । लेखा सुपरिवेक्षण समिति सदस्यमा भने नयाँ अनुहार भित्रिएका छन् ।

जसमा भोजराज जोशी र टंक बहादुर साउँद रहेका छन् । यसअघि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. डम्बर बहादुर पालको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको थियो ।

साधारण सभामा सहकारीका अध्यक्ष खड्काले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य तपराज ओझाले गरेका थिए । साधारण सभा उद्घाटन सत्रको सञ्चालन सहकारीका व्यवस्थापक विष्णु खड्काले गरेका थिए ।

Loading...