धनगढी : धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी मनिस कुवरलाई ९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन् ।
निर्वाचनमा जम्मा ९१ मत खसेको थियो । जसमा ओझाले ४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कुवरले ४० मत पाए । २ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा निर्वाचित भएलगत्तै ओझाले आफ्नो कार्यकालका लागि पदाधिकारी टिम घोषणा गरेका छन् । जसअनुसार महासचिवमा दिपक गौतम, कोशाध्यक्षमा आशिष शाह तथा कानुनी सल्लाहकारमा ललित बम्मलाई मनोनीत गरिएको छ ।
यसअघि नै धनगढी जेसिजको कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्ष पदहरूमा उम्मेदवारी निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । यससँगै २०२६ कार्यकालका लागि जेसिजको नयाँ नेतृत्व टिम लगभग पूर्ण भएको छ ।
