धनगढीमा लागूऔषधसहित मोटरसाइकल चालक पक्राउ

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गौडी टोल क्षेत्रमा साँझपख प्रहरीले शंका लागी सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मिति २०८२ मंसीर २७ गते करिब साँझ ५ बजेको समयमा से ४ प ५०३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक बेहडाबाबा बस्ने वर्ष ३५ का लोकेन्द्र कठायतको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो।

फेला परेको पदार्थ, मोटरसाइकलसहित लोकेन्द्र कठायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Deep Jyoti Pustak psl
Loading...