बाजुरामा बाटोमा लडेर एक जनाको मृत्यु

बाजुराः जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका-९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए ।

बिहीबार राति ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममा बीच बाटोमा लडेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए ।

मृतक थापाको शरीर र टाउँकोमा भित्री चोट लागेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ। हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

Deep Jyoti Pustak psl
Loading...