कैलाली-४ मा एमाले प्रवेश गर्नेको लर्को, गौरीगंगाबाट करिव तीन दर्जन नेता कार्यकर्ता प्रवेश

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकाका करिव तीन दर्जन नेता कार्यकर्ताहरु विभिन्न राजनीतिक दल परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममार्फत वडा नम्बर ६ बनभेडा र वडा नम्बर ११ का ३२ जना नेता कार्यकर्ताहरुले विभिन्न राजनीतिक दल परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमालेका केन्द्रीय उपमहासचिव तथा कैलाली क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्टले खादामाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रवेश गर्नेहरूमा वडा नम्बर ६ बाट बहादुर नेपाली, मनराम नेपाली, ईश्वर नेपाली, गोपी नेपाली, रंजित नेपाली, शंकर नेपाली (क), भिम नेपाली, कैलाश नेपाली, हरि नेपाली, बिर्ख नेपाली, हंश नेपाली, गोपी नेपाली, सुहले नेपाली, चन्द्र नेपाली रहेका छन् । यस्तै शंकर नेपाली (ख), लाल नेपाली, शारदा नेपाली, चम्फा नेपाली, लक्ष्मी नेपाली, दुर्गा नेपाली, काली नेपाली(क), सुनिता नेपाली, लाली नेपाली, काली नेपाली(ख), फुग्डी नेपाली, मेधरी नेपाली, माखी नेपाली, सुन्तली नेपाली रहेका छन् ।

त्यसैगरी वडा नम्बर ११ मा एमाले प्रवेश गर्नेहरूमा सानू चौधरी, गोरख धामी, मोतिलाल बोहरा र मानबहादुर चौधरी लगायत रहेका एमाले क्षेत्र नम्बर ४ निर्वाचन मूल परिचालन समितिका सचिव गणेश जिमि साउँदले जानकारी दिएका छन् ।

पार्टीमा स्वागत गर्दै उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टले राष्ट्रहित,समृद्धि र सुशासनका लागि एमाले सधैं अग्रपंक्तिमा रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताए । उनले यस क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र सामाजिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले लेखराज भट्ट यस क्षेत्रमा मात्रै नभई प्रदेशमै सक्षम र प्रभावशाली नेतृत्व गर्ने नेता भएको दाबी गर्दै उनलाईनै अत्यधिक मतका साथ विजय गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

एमालेका केन्द्रीय उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । मतदाता भेटघाट, पार्टी संगठन परिचालन र व्यक्तिगत जनसम्पर्कलाई सँगसँगै अगाडि बढाउँदै उनले चुनावी अभियानलाई गति दिएका हुन् ।

Deep Jyoti Pustak psl
Loading...