धनगढी : कैलालीमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी–२ त्रिनगर सिसा पोष्ट नजिकबाट ५ ग्राम ८३० मिलिग्राम लागूऔषधसहित धनगढी–७ बस्ने २६ वर्षीय नबिन बुढा, सोही ठाउँ बस्ने २६ वर्षीय राजन जोशी र गोदावरी नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको जनाएको छ।