अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका – ६ की सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले माफी मागेकी छिन ।
आइतबार उक्त वडाका वडाध्यक्ष टेक बहादुर कुँवरका विषयमा लाइभमा आएर बोलेको कुरामा माफी मागेकी हुन । उनले सुझबुझको कमी भई लाइभमा आएर सामाजिक विषयमा खलल हुने कुरा राखेर प्रति ससुरा समेत नाता पर्ने अध्यक्ष कुँवर सँग लिखित रूपमा माफी मागेकी हुन ।
अभियन्ता कुँवरले आइतबार अध्यक्षले आफूमाथि अपशब्द प्रयोग गरेको, संस्था दर्ताका लागि सिफारिस नदिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा रुँदै लाइभ गरेकी थिइन् । उनको त्यो भिडियो लाखौँले हेरेका छन् ।
सो घटना पछि सोमबार सयौँको सङ्ख्यामा वडा बासी पनि वडामा भेला भएर सामाजिक अभियन्ता कुँवरले वडाको बदनाम गरेको भन्दै माफी माग्नुपर्ने माग गरेका थिए ।