कास्की : भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगामध्ये ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएको १५ राँगामध्ये पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरिएको छ ।
पोखरा महानगरपालिका(१५ मा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगञ्जबाट बुटवल पाल्पा, स्याङजा हुँदै पोखरा ल्याइएका राँगाहरु प्रजनन कार्यालयमा राखिएका छन् ।
सबै राँगा करिब एक महिना क्वारेन्टिनमा राखेपछि मात्रै वीर्य सङ्कलन केन्द्रमा लगिने कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिनुभयो । उहाँले उन्नत जातका मुर्रा राँगोबाट एक पटकमा तीन सय पटक हाराहारी पुग्ने वीर्य सङ्कलन गर्न सकिने उहाँले बताउनु भयो । मुर्रा राँगाबाट एक वर्षमा १५ देखि २० हजार पटक वीर्य सङ्कलन गर्ने लक्ष्य रहेको पाण्डेले बताउनु भयो ।