डडेल्धुरा : डडेल्धुराको आलिताल गाउंपालिका वडा न. ८ डोला घर भएकी ३२ बर्ष देखि ओछ्यानमै सुतिरहेकी तुलसी घर्तिमगरको धनगढीमा रहेको नोभा हस्पिटलमा चेकजांच हुने भएको छ ।
समाजसेबी बिनोद पाण्डेयको सहयोगमा घर्तिमगरलाई नोभा हस्पितल लगीने भएको हो । घर्तिमगरलाई करिव डेढ बर्षको हुदा अकस्मात शरिर लुलो हुने रोग लागेको थियो ।
रोग देखा परेपछि परिवारले सामान्य अस्पताल सम्म पुर्याएका थिए । तर आर्थिक अवस्था कमजोर भएका कारण राम्रो हस्पिटल पुर्याउन नसकेपछि उनलाई धनगढीबाटै फिर्ता ल्याइएको थियो ।
त्यस यता ३२ बर्ष सम्म घर्तिले कुनै अस्पताल देखेकि छैनन् । गाउंघरमै धामीझक्रीको सहारामा निको हुने आशा लिएर बाचेकी तुससीलाई अस्पताल जाने निकै ठुलो धोको रहेको आफै बताउछिन् ।
उनी भन्छिन् मलाई अस्पताल जाने मन छ , तर कसैले लगीदिदैन ।चिने जाने जतिलाई साइनो अनुसारले बोल्ने तुलसीको शरिर भरी दिसाले लपेटिएको हुदा जो कोहि नजिक जादैनन् ।
आलिताल का स्थानीय दियालो खबरका संचालक पत्रकार भक्त गाहा मगर र उनको टिमले घर्तिमगरको समस्यालाई उठान गरेपछि अहिले आर्थिक सहयोगको बाटो खुलेको छ । अहिले घर्तिमगरलाई बिभिन्न ठाउंबाट सहयोग आउने क्रम जारी छ ।
तुलसी बोल्न सक्ने भए पनि उनी उठ्न खान,बस्न सक्दैनन् । ३२ बर्ष देखि गाईको गोठमा सुतिरहेका तुलसीको हेरचाहमा पनि समस्या रहेको छ ।
सहयोग गर्न इश्वर घर्ति
नबिल बैंक खाता न. ०६८१००१७५०१६०२
सम्पर्क न. ९८२२६७७१८७
९८६८६७०८००