बाजुरा : बाजुरामा जिप दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
हिमाली गाउँपालिका–६ धुलाचौर नजिकै बोलेरो जिप दुर्घटना भएको हो। बिहीवार धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का करिब २७ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताए। उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुगाइएको थियो।
तर अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीले बताए। जिपमा सवार गौमुल गाउँपालिका–३ का करिब १८ वर्षीय बसन्त धामी घाइते भएका छन्। उनको खुट्टामा चोक लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चालकसहित एक जना भने सकुशल छन्। जिप चालक खत्याड गाउँपालिका–९ का दलबहादुर लावणलाई प्रहरीले नियन्त्रण लिएको छ।
