बझाङमा जिप दुर्घटना, यात्रु सकुशल

धनगढी : बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर – १ को गुरेल्थुमा से १ ज ५९३ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जिप शनिवार कोल्ढुङ्गा नजिकै दुर्घटना भएको छ। जिपका यात्रु सकुशल रहेका छन्।

चालक दिनेश धामीलाई चोट लागेको छ। उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार हुँदैछ। जिपमा क्षति भएको छ।

Deep Jyoti Pustak psl
Loading...