बाजुरामा एक महिलाले बिच बाटोमै बच्चा जन्माइन

बाजुरा : बाजुरामा एक महिलाले बिच बाटोमै छोरीलाई जन्म दिएकी छन्। जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीलाई जन्म दिएकी हुन्।

यसअघि पनि उनले दुईवटा सन्तानलाई बाटो र जंगलमा जन्म दिएकी थिएन्। सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले वताएकी छन्।

आफु स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाइ सहयोग गरेको उनले बताइन्। पानसरालाइ अत्याधिक रक्तस्राव भएको थियो। बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगिएको थियो।

बाजुरामा पानसरा जस्तै धेरै आमाहरुले बाटोमै बच्चा जन्माउने गरेका छन्।

Loading...