अत्तरिया : कैलालीको गोदावरीका विकट बस्तीमा बिजुली बत्ती पुगेको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ का सिम र चाप मा आइतबार देखी बत्ती बाल्न शुरु गरिएको छ ।
आईतबार एक कार्यक्रमका विच सुदुरपश्चिम प्रदेश सांसद तुल्सी देबकोटा, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट र बिधुत कार्यालयका प्रमुखले संयुक्त रूपमा स्विच अन गरेर बत्तीको उदघाटन गरेका हुन ।
वडा नम्बर १२ का वडा अध्यक्ष भिम खड्काका अनुसार चाप,सल्ली,सिम लगाएतका ठाउँहरुमा बिजुली बाल्न एस टी लाईनको ८५ पोल र एल टी लाइनको १ सय पोल बिधुत प्राधिकरणले राखिसकेको छ । यस्तै तीन ठाउँमा ट्रान्सर्फमर समेत राखिएको छ ।
सल्लीमा पनि मेन लाइनको पोल गाडिसकेको र ठेकेदार कम्पनीले काम गरिरहेको वडा अध्यक्ष खड्काले बताए । उनले वडा नम्बर १२ का बिकट बस्तीमा बत्ती बाल्न पाएको मा खुशी ब्यक्त गरे ।
‘यो खुशीको क्षण हो,अहिले सिममा बत्ती बाल्न सफल भयौं । अब काम भैरहेको छ । माथिका सबै बस्तीमा बत्ती बल्छ अब । अघिल्लो बर्ष नै सकिने काम हो यो तर ठेकेदार कम्पनी को ढिला सुस्ती ले ढिलो भयो । अब सडक पुर्याउन सक्यौं भने पहाडलाई तराई संग जोडन सहज हुन्छ,’ अध्यक्ष खड्का ले भने । बर्षौ पछि बत्ती बलेपछी स्थानीय समेत खुशी भएका छन् ।
