फरकफरक ठाउँबाट लागुऔषधसहित दुई जना पक्राउ

अत्तरिया : कैलालीमा फरकफरक ठाउँबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ व्यवसायक्षेत्र स्थित सडक खण्डबाट ५०० मिलिग्राम लागुऔषधसहित जानकी गाउँपालिका–९ का २८ वर्षीय ललितसिंह बिकलाई बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै गोदावरी नगरपालिका–५ गेटा खुनाटोलबाट १३० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २५ वर्षीय हरिकुमार खुनालाई बुधबार दिउँसो प्रहरी चौकी गेटाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...