बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर ५ वर्षीया बालिकाको मृत्यु

बाजुरा : बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु भएको छ।

बुढिगंगा नगरपालिका–८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आचल रावलको आइतवार साँझ मृत्यु भएको हो।

सोही ठाँउ स्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाकोे चुन्नी बेरीई टाउकोमा चोट लागेर उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...