लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका–२ क्याम्प नजिकबाट ४ ग्राम ३२० मिलिग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–२ उल्टाखामका २७ वर्षीय राजु चौधरी र भीमदत्त नगरपालिका–१९ बागफाँटाका २० वर्षीय अमित चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिईएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको बताएको छ।

Deep Jyoti Pustak psl
Loading...