बाजुरामा अयडीको हत्यामा संलग्नहरु रिहा भएपछि प्रदर्शन

बाजुरा : बाजुराका चेतन अयडी हत्याकाण्डका आरोपीहरुलाई रिहा गरेको विरोधमा बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरिएको छ ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष समेत रहेका चेतन सिंह ऐडीलाई घरबाटै तानेर लाठी र चिरपटहरु प्रहार गरी क्रुर तरिकाले हत्या गरिएको थियो ।

आरोपीलाई सर्वाच्च अदालतबाट साधारण तारेखमा छोड्न दिएको ओदशका विरुद्ध नेकपा (एमाले) निकट युवा संघ र अनेरास्ववियुले विरोध जुलुस निकालेको छ ।

सर्वोच्च अदालतको आदेशपछि पुर्पक्षमा कारागारमा रहेका त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी, स्थानीय चक्रबहादुर अयडी, बिनोद बहादुर अयडी, भूपाल अयडी, रनसिंह अयडी र अछाम कारागारमा रहेकी रुपा चौधरी अयडीलाई सवोच्च अदालतले साधारण तारेखमा छोडन आदेश गरेपछि शुक्रबार मार्तडीमा आन्दोलन सुरु भएको हो ।

जिल्ला अदालत बाजुराले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनीहरुले उच्च अदालत दिपायलमा पुनरावेदन गरे । उच्च अदालत दिपायलले पनि पुुस २५ गते जिल्ला अदालतले गरेकै आदेश सदर गर्दै उनीहरुलाई पुर्पक्षका लागि थुनामै रहन आदेश गरेको थियो ।

आरोपीहरु त्यसपछि सर्वोच्च पुगेका हुन । सर्वोच्च अदालतका न्यायाधिशद्धय प्रकाशमानसिंह राउत र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत र उच्चअदालतले समेत सदर गरेको आदेश बदर गर्दै उनीहरुलाई साधारण तारेखमा राखेर छोडेको पछि पिडितहरु तनावमा परेका हुन ।

अनेरास्ववियु बाजुराले देशभरी आन्दोलन गर्न आह्वान गरेको छ भने उसले बाजुरा सदरमुकाममा शुक्रबार बेलुकी राँके जुलुस सहित प्रदर्शन गरेको छ ।

Loading...