बाजुराको दुर्गाभञ्जन गुल्मले सेनाद्वारा विपद पूर्वतयारी प्रतिकार्य अभ्यास गर्यो

बाजुरा : बाजुरामा सेनाले विपद पूर्वतयारी प्रतिकार्य अभ्यास गरेको छ । जिल्ला सदरमुकाम मार्तडीमा रहेको दुर्गाभञ्जन गुल्मले सोमबार विपद पूर्वतयारी प्रतिकार्य अभ्यास गरेको हो ।

मार्तडीको थापाथली व्यारेकमा गरिएको सो अभ्यासमा बाढी, पहिरो, आगलागी लगायतका घटनामा गरिने पूर्वतयारी र विपदको जोखिमलाई न्यूनीकरण गर्दै उद्धारका लागि गर्न सकिने आवश्यक तयारीका विषयमा जानकारी गराइएको थियो।

जिल्लामा पछिल्लो समय आगलागीका घटना भइरहेकाले आगलागी भएको बेला निभाउने तरिका र बाढी पहिरोबाट प्रभावितको उद्धार गर्ने तरिकाबारे विपद प्रतिकार्य अभ्यास डेमो प्रदर्शन गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए ।

Loading...