भीमदत्तबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका ५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागूऔषधसहित दुई जना बिहीवार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त ४ का २५ वर्षीय सन्तोष तिरुवासहित दुई जना रहेका छन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले बताएको छ।

Dhangadhi 2081
Loading...