दार्चुलामा ८० वर्षे उमेरमा धूमधाम बिहे,इष्टमित्रले दम्पतीलाई जिस्क्याएर रमाइलो गरे

बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभूति भएको दम्पतीको भनाइ

दार्चुला : दार्चुलामा ८० वर्षे उमेरमा धूमधाम बिहे गरिएको छ ।

अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने ८० वर्षिइ राइसिंह धामी र बिन्दु धामीले सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह गरेका हुन ।

पनाती पनातिनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गरेका थिए ।

शुक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिने बुहारी, ४ पनाती र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाति नाता पर्ने भगतसिंह धामीले जानकारी दिए ।

दुलहा राइसिंह धामीलाई ८० वर्ष र दुलही बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उनले बताए । दुलहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुरपोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहेविधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्पराअनुसार भित्र्याएका थिए ।

बिहे र बिहेभोजमा सबै स्थानीय आफन्त, इष्टमित्रले यो उमेरमा बिहे गरिरहेका धामी दम्पतीलाई जिस्क्याएर रमाइलो गरेका थिए ।

बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभूति भएको धामी दम्पतीको भनाइ छ ।

Loading...