गोदावरीबाट बझाङका एक जना साढे तिन किलो चरेससहित पक्राउ

अत्तरिया : कैलालीको गोदावरीबाट बझाङका एक जना साढे ३ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन ।

गोदावरी नगरपालिका–४ बाट बझाङको बुङ्गल नगरपालिका–२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामी पक्राउ परेका हुन ।

धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा उनको साथबाट ३ किलो ५ सय ग्राम चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिएका छन ।

धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...