नक्कली टिकट ठेली प्रकरणः छानविन गर्न माग गर्दै व्यवसायीले बुझाए प्रशासनलाई ज्ञापन पत्र

अत्तरिया : कैलालीको अत्तरिया महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाइएको छ । आज (आइतबार) नक्कली टिकट प्रकरण सत्य तथ्य छानविन दवाव संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा महोत्वसको असफलता, बदनाम गर्ने र निजी स्वार्थ पूरा गर्ने काम भएकाले सत्य तथ्य छानविन गर्न माग गरिएको छ । पत्रमा प्रादेशिक महोत्सवको नक्कली ठेली छानविन गरी दोषी पत्ता लगाई कानून बोजिम कार्वाही गर्न माग गरिएको छ ।

‘यस प्रकरणमा कुनै पनि शक्ति केन्द्रको प्रभावमा परि छानविन ओझेलमा पर्ने वातावरण सृजना भए यो संघर्ष समिति सडक आन्दोलन गर्न बाध्य हुने छ’ सघर्ष समितिका संयोजक गणेश बहादुर बलायरद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘आन्दोलनका क्रममा अप्रिय घटना भएमा स्वको सम्पूर्ण जिम्मेवारी प्रशासनको हुनेछ भन्ने पनि यसै ज्ञापन पत्र मार्फत जानकारी गराउन चाहान्छौ ।’

Deep Jyoti Pustak psl
Loading...