सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता

अत्तरिया : डोटीको सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता भएका छन्।

दिपायलको सेती पुल नजिकै नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपक खड्काले बताए।

दिपायल–सिलगढी नगरपालिका–७ पिपल्लाकी ७ वर्षीया खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका छन्।

बेपत्ता बालबालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...