अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएका नेपाली बिद्यार्थीको परिवारलाई राहत दिने भएको छ ।
हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले आक्रमणमा परेर निधन भएका प्रति बिद्यार्थीको परिवारलाई २ लाख रुपैँया राहत सहयोग गरिने बताए ।
सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।
