अत्तरिया : कैलालीको धनगढीमा रहेको आमाको माया छात्रवासमा जन्मदिनको अवसर पारेर फलफुल तथा स्टेश्नरी सामाग्री वितरण गरिएको छ । गोदावरी-१० खमौरा निवासी कल्पना भाटले आज आफ्नो जन्मदिनको अवसर पारेर छात्रावासमा रहेका बालबालिकाहरुका लागि फलफुल तथा स्टेश्नरी सामग्री वितरण गरेकी हुन् ।
सेवा नै धर्म भन्ने उद्देश्य सहित आफुले बालबालिकाहरुलाई थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुसी लागेको भाटले बताईन् । उनले जन्मदिनमा सबैले फजुल खर्च गर्नुभन्दा पनि सामाजिक काम गरेर मनाउन आग्रह गरिन् ।
सामाग्री सहयोग गरेकोमा छात्रवास परिवारले उनलाई धन्यवाद ज्ञापन गरेको छ । उनको परिवार उक्त सामाग्री वितरण गर्न धनगढी पुगेको थियो । आमाको माया छात्रवास धनगढीमा अहिले २८ जना बालबालिका रहेका छन् ।