बाजुरामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य

बाजुरा : बाजुरामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्य भएको छ।

जगन्नाथ गाउँपालिका–६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका–२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटि आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...