अनेरास्ववियु परशुराम नगर कमिटिको आयोजनामा इजरायलमा मृत्यु भएका नेपालीको शोकमा दीप प्रज्वलन

डडेल्धुरा : डडेल्धुरा जील्लाको परशुराम नगरपालीकामा इजरायलमा मृत्यु भएका नेपालीको शोकमा दीप प्रज्वलन गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको आठौं सेमेस्टरबाट प्रयोगात्मक ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ को लागी इजरायल पुगेका बिद्यार्थी छोटो समयमै प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी १० जनाले ज्यान गुमाएको शोकमा आज नेकपा एमालेको भातृ संघठन अनेरास्ववियु परशुराम नगरकमिटि जोगबुडा डडेल्धुरा ले परशुराम नगरपालीका १२ द्वारीका चोकमा दीप प्रज्वलन गरेर श्रद्दाञ्जली अर्पण गरेको हो ।

रास्वपा परशुराम नगरसमितिका अध्यक्ष लाल थापा, हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष रोहन ऐर (मोहन), नेकपा एमाले परशुराम नगर सह-इन्चार्ज केशब अवस्थी, नेकपा एमाले जील्ला कमिटि सदस्य हरिप्रसाद अवस्थी अनेरास्ववियु जील्ला कमिटिका पदाधीकारी, अनेरास्ववियु परशुराम नगर कमिटिका पदाधीकारी, त्रिबेणी बहुमुखी क्याम्पसका अनेरास्ववियु कमिटि का पदाधीकारी तथा स्थानीयहरुको उपस्थीती मा दिप प्रज्वलन तथा श्रद्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु जील्ला कमिटि कार्यालय सदस्य जगदिस धानुक ले जानकारी दिनुभएको छ ।

Dhangadhi 2081
Loading...