बाजुराको सिम्लाकी एक महिलाको नदीमा डुबेर मृत्यु

बाजुरा : बाजुरामा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

त्रिवेणी नगरपालिका –२ सिम्लाकी अन्दाजी ३९ वर्षीया जानकी न्यौपानेको नदीमा डुबेर मृत्यु भएको हो । उनले आफैले नदीमा हामफालेको बाजुराका प्रहरी निरिक्षक दान सिंह भण्डारीले जानकारी दिएका छन् ।

सिम्लाबाट करिव ४ घण्टाको पैदल यात्रा हिडेर बुढीगंगा नदीमा पुलबाट हाम फालेको उनको भनाइ छ । मृतक महिलाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याएर राखिएको प्रहरी निरिक्षक भण्डारीको भनाई छ ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...