धनगढी : बाजुराका एक युवक कैलालीको धनगढीमा मृत फेला परेका छन्।
बुढी गङ्गा नगरपालिका–७ का युवक हाल धनगढी क्याम्पस रोड बस्ने १९ वर्षीय सुवाश के.सी. धनगढी–७ को मनेहरा गाउँमा मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिएका युवकको शव प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल पु¥याएको छ।
उनको परिवार सम्पर्कमा आइसकेको र मृतकको आज पोस्टमाटम हुने प्रहरीले जनाएको छ।
