बाजुरामा एक होटेलमा आगलागी

बाजुरा : बाजुराको एक होटेलमा आगलागी भएको छ ।

साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–६ नुनेपानीमा रहेको होटेलमा गएराति आगलागी भएको हो ।

आगलागीबाट दुई तले टिनको घर र होटेल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

होटेलमा भएका सामानसहित होटेल सञ्चालक उमेश कार्कीको मोटरसाइकल र होटेलमा बसेका मनोजकुमार भट्टको मोटरसाइकल जलेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...