बाजुराबाट एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा : बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

शुक्रवार बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बाजुराबाट बिहीवार पनि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...