सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ : पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ६० किलो सुन र भेप प्रकरणमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

आयोगले बिहीवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।

Dhangadhi 2081
Loading...