डोकेबजारबाट लागूऔषधसहित कैलालीका दुई जना पक्राउ

धनगढी : कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पाससहित कैलालीको भजनी नगरपालिका–८ का २३ वर्षीय बिनोद शाह र भजनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन बि.क.लाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा लागूऔषधससहित फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...