बाजुरा : बाजुरामा एक सुत्केरीको हेलिकोप्टमार्फत उद्धार गरिएको छ ।
शुक्रबार जगन्नाथ गाउँपालिका–३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
अप्रेशनबाट बच्चा जन्माएकी उनी र बच्चा दुबै जोखिममा भएकोले सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।