बैतडीमा १७ बर्षीया किशोरीको शव फेला

बैतडी : बैतडीमा एक किशोरीको शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महराको शव फेला परेको हो ।

उनी घरभन्दा दुई सयमिटर टाढा रहेको बाँजको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार शनिबार राति उनी झुण्डिएकी र आइतबार बिहानै झुण्डिएको देखेपछि प्रहरीलाई खबर भएको थियो ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Dhangadhi 2081
Loading...