कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्रको शव भेटियो

धनगढी : कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लभ शाहीले बताए।

Deep Jyoti Pustak psl
Loading...