छोराको लास र छोरी को न्याय पर्खिरहेकी बुढि आमा – (कथा)

श्याम बोहरा (सन्जु)

उ पल्लो डाडा पारी एउटा गाउँ छ । जहाँ मान्छेहरु चुनाव को पर्खाइमा छन । चुनाव आउन पनी धेरै छैन चार महिना बाँकी छ । नेताहरु एक वर्ष अगाडि देखी नै तयार भएका छन । घरी अधिवेशन भन्छन घरी सम्मेलन भन्छन् । जनतालाइ दुइ चोक्टा मासु र लोकल ठर्रा मा एकवर्ष देखी भुलाएका छन ।

त्यो गाउँमा एउटा गरीब झुपडी छ,जुन झुपडी मा एकजना बुढी आमा मात्रै बस्छीन। ति बुढी आमाको साहारा एउटा छोरा र छोरी थीए । तर अहिले उनीसंग कोहि छैन ।छोरीको चार बर्ष अघी बलत्कार पछी बिभत्स हत्या भएको छ, अनी छोरा को खाडी मुलुकमा घाटी रेटेर हत्या भएको छ ।

अब त ति आमाको आस पनी सबैबाट मरिसक्यो किनभने न त छोराको लास आयो न त छोरीले न्याय पायो । ति आमा चुनाव बाहेक अन्य समयमा सबै आफन्त, इष्टमित्र र गाउँबाट हेपिएकी छन ।

तर चुनावका बेला सबै पार्टीका नेताहरु आएर गरीबलाई राहत वितरण भनेर एउटा त्रीपाल र एकछाक खान दिएर फोटो खिच्छन,अनी उनको छोरा को लास ल्याउछौ भनेर मरिसकेको छोराको लास माथि राजनीती गरेर एजेण्डा बनाउछन, अनी उनको छोरीको हत्यारा पत्ता लगाउछौं भनेर सबैभन्दा महत्वपूर्ण एजेण्डा बनाउछन र हामी गरीबलाइ सहयोग गर्छौ भनेर भाषण गर्छन् ।

हुन त त्यो गाउँमा ठुलाबडा र पावर,पहुँच भएकाहरुले मच्छर मार्नु र मान्छे मार्नु एउटैएउटै हो तर जनताले उनीहरू को कुरा पत्याउदै पार्टी को भन्दापनि एउटा ब्यक्तिको अन्धभक्त भएर ताली बजाइरहेका छन ।

तर त्यही चुनाव को बिचमा त्यो गाउँमा एउटा स्वतन्त्र उम्मेदवार आएको छ भन्ने हल्ला हुन्छ। त्यो स्वतन्त्र उम्मेदवार त चारजना मान्छे बाइकमा बोकेर डाँडाबाट माइकिङ गर्दै पार्टीका नेताहरुले केही गर्दैनन्।

तिनीहरूले अहिलेसम्म के गरे अब नयाँलाइ चुन्नुहोस,हामि युवा ले विकास गर्छौ भनेर हिडीराछ अरे, तर त्यो मान्छे को कुरा कसैले सुनेको छैन जनताहरू दुइ चोक्टा मासु,लोकल ठर्रा र पाचहजार लिएर पाच बर्ष दुख खेप्न तयार छन तर स्वतन्त्र लाइ चुन्न तयार छैनन्।

बाजे बुवाको दिनबाट हाम्रो गाउँको नाम जसले राख्यो हामी त उसैलाइ भोट दिन्छौ भन्दै रोडमा हल्ला गर्दै हिडिरहेका छन । तर ति बुढी आमाको मनमा भने थोरै आफुले न्याय पाउने आस जागेर आएको छ । न्याय पाउने दिन आउछ कि भनेर ति बुढी आमा चुनाव पर्खिरहेकी छन ।

समय बित्दै जाँदा चुनाव को दिन आयो,सबैले आआफ्नो मन परेको जनप्रतिनिधि लाइ भोट दिए, मतदान गरे । मतगणना सुरू भयो,तर फेरी पनी पार्टीकै नेताले जीते। स्वतन्त्र उम्मेदवार हारे।

बुढी आमाको आस मर्यो। हुन त चुनाव जित्ने मान्छे ति बुढी आमाको भतिजा हो तर ति बुढी आमालाइ उसले पनी घृणा गर्छ । बुढी आमालाई कसैले हेरेनन। र फेरी बुढी आमाको आस अर्को पाच बर्ष पछीको चुनाव मात्रै रह्यो।

के ति बुढी आमाले न्याय पाउलीन त ? बुढी आमाको छोरा को लास नेपाल आउला त ? बलात्कार पछी बिभत्स हत्या गरिएकी छोरीको बलात्कारीलाइ फासी होला त ?

Loading...