मान्यजनको हातबाट टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं : आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम सोमबार पनि जारी छ । सोमबार ४५ घडी ५५ पला द्वादशी तिथि छ ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन् ।

टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका-प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ ।

फूलपातीका दिन बिहीबार शुरु भएकोबडादशैँको बिदा सोमबारसम्म रहेको छ । मंगलबारदेखि कार्यालय खुल्ने भएका कारण अब भने सर्वसाधारण गाउँबाट शहर फर्किने क्रम शुरु हुन्छ ।

Nabadurga Sunchadi
Loading...