नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुइ वटा खेल हुदैँ , को को खेल्दै छन…

नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुइ वटा खेल हुनेभएका छन । त्रिविमा आजको पहिलो खेल बिहान ९ बजेबाट कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेभएको छ ।
सुरुवाती २ खेलमा हार व्यहोरेको कर्णाली पहिलो जितको खोजीमारहेको छ भने चितवन अपराजित यात्रा कायम राख्न चाहन्छ ।
स्टार खेलाडीको साथ पाएको कर्णालीले सुरुवाती दुई खेलमा कुनै अंक जोड्न सकेको छैन । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग ३ विकेटले हारेको थियो।
अंक तालिकाको शीर्ष ४ मा आउन कर्णालीलाई अबका खेलमा जित्नु पर्ने दबाब छ। यता ब्याटर कुशल मल्लको कप्तानीमा रहेको चितवनले आफ्नो सुरुवाती दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौंलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ।
आज नै हुने दोस्रो खेलमा जितविहिन रहेको लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिच प्रतिस्पधा हुनेछ ्। खेल दिउँसो १ बजे सुरु हुनेछ।
दोस्रो खेल खेल्न लागेको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटले हारेको थियो। हाईस्कोरिङ खेलमा हार व्यहोरेको लुम्बिनी ब्याटिङमा बलियो देखिन्छ।
यता कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुई खेल गुमाएको थियो। पहिलो खेलमा चितवनसँग र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हार व्यहोरेको पोखरा पहिलो जितको खोजीमा छ। खेलाडीको सूची हेर्दा ब्याटिङमा बलियो देखिएपनि अघिल्ला दुवै खेलमा पोखराको ब्याटिङ निराशाजनक छ ।

Nabadurga Sunchadi
Loading...